• Follow Us :

Report 2075

सौराहाको परिचय

चितवनमा थारु जातिलाई यहाँको आदिबासी जनजातिका रुपमा लिईन्छ । यी थारु जातिले आफ्नो भाषामा सौरी भनि सरमाछाको नामबाट सौराहा नाम राखेको भनि चितवनका पुराना थारुहरुको भनाई छ ।

सौराहा नेपालको प्रख्यात पर्यटकीय गन्तब्य स्थलहरु मध्य राजधानिबाट नजिक पहँुच भएको स्थल हो । चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीको छेउमा अवस्थित सौराहा क्षेत्र पर्यटकीय क्रियाक्लाप हुने स्थलमा पर्न आउछ । चितवन राष्ट्रिय निकुञ्जसंगै भएको हुँदा उक्त क्षेत्र प्राकृतिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण छ । दुर्लभ एक सिङ्गे गैंडा तथा पाटे बाघको बासस्थान चितवन राष्ट्रिय निकुञ्ज नेपालको सौराहा बास्तवमै देशकै सबैजसो भू—भागबाट बसाई सरी आएका र स्थानिय आदिबासी जातिको साँस्कृतिक सदभाव पूर्ण संगम एकताको प्रतिक नेपाल राष्ट्रकै परिचित चितवन जिल्लाकै मुटुमा अवस्थित सानो तर सुन्दर नगरीको रुपमा सम्पूर्ण स्वदेशी तथा विदेशी पर्यटकहरुको माझ उचित गन्तब्यको सज्ञा पाएको क्षेत्र रहेकोले स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन बृद्धि हुदै गएको हुदाँ सुन्दर सौराहा भन्ने बुझिन्छ ।

पर्यटक क्षेत्र आर्थिक गतिविधिको एक यस्तो क्षेत्र हो जसले मुलुकको विद्यमान जर्जरतालाई तत्काल, अल्पकालिन र दिर्घकालिन रुपले सम्बोधन प्रत्याभुति गर्दछ । पर्यटन ब्यबसायको विशेषता नै सानो पुँजी, आन्तरिक क्षेत्र सरल गतिविधि, स्थानिय शीप तथा स्रोत परिचालनका साथै पर्यटकको सन्तुष्टिसँगै पनि प्रत्यक्ष सम्बन्ध राख्द छ । यसरी पर्यटन विकासको आधारभूत आवश्यकताका रुपमा कला, सँस्कृति र स्थानिय रिति रिवाजको निकै महत्व हुन्छ ।

पर्यटन विकासको महत्व केबल आर्थिक विकासका लागि मात्र नभई, मौलिक कला, सँस्कृतिकको संरक्षण तथा सामाजिक विकासको लागि पनि आवश्यक मानिन्छ । आफ्नो समुदायको छुट्टै पहिचान र अस्तित्वलाई अरु सामु देखाउन सकेमा पर्यटन ब्यबसायको साथै आर्थिक पक्षलाई सुदृढ बनाउनमा भए टेवा पुग्दछ । सौराहा क्षेत्रको आदिबासीका रुपमा परिचित यहाँका थारु जातिको सानो गाउँबाट विकसित भएर आज पर्यटकीय शहरका रुपमा पर्यटन क्षेत्र चिनिनु यिनै महत्व पूर्ण क्रियाक्लाप भूमिमा रहेको हुनाले नै रेष्टुरेण्टहरु बिच रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा जन्मेको छ ।

क्षेत्रिय रेवान सौराहाको परिचयः

२०६३ सालमा सौराहा जस्तो पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्ने उदेश्यका साथ ४ वटा रेष्टुरेण्टहरु (न्यू रिभर भ्यू रेष्टुरेण्ट, (सिताराम कुमाल), जंगल भ्यू रेष्टुरेण्ट (सन्त कुमाल र इन्द्रराज चौधरी), केसीज रेष्टुरेण्ट (नरेश गिरी) अल्फ्रेश्को रेण्टुरेण्ट (गोकर्ण गिरी) मिलेर “प्राकृति सौन्र्दयता, चितवन सौराहाका विशेषता” भन्ने मूल नाराका साथ गैडा चोकमा पहिलो पटक सौराहा सडक फुड फेष्टिबल नामाकरण गरी फेष्टिबल सम्पन्न गरिएको थियो । सो कार्यक्रमलाई मध्यनजर गरी सौराहा नेपाल राष्ट्रकै आकर्षण पर्यटकीय स्थल सौराहा र सौराहकै आकर्षण रहेको चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु र प्राकृतिक सौन्दर्य, त्यसैको सेरोफेरोमा रहेको रेष्टुरेण्ट एण्ड बारहरुको छाता सँगठन रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) सौराहा शाखा जो आफ्नो ब्यबसाय पेशागतस्तर अभिवृद्धि गर्नुका साथै आफ्नो ब्यबसायिक हकहित सामाजिक तथा वातावरणीय संरक्षणको विगत लामाृे समय देखि कार्यरत रहेको छ । २०६३ सालमा केही रेष्टुरेण्टको एउटा समूह गठन गरियो । र २०६५ सालमा मंसीर ११ गते केन्द्रीय रेवानबाट सौराहामा रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा भनि शाखा दर्ता पाईयो । यस दताृ पाएको संस्थाले सौराहा क्षेत्र मात्र होईन अन्य क्षेत्रमा पनि विभिन्न सामाजिक कामहरु जस्तै मठमन्दिर, पुल निर्माण, कल्भट निर्माण, उज्यालो सौराहा, सौराहा सरसफाई कार्यक्रम, संरक्षणमूलक जनचेतना कार्यक्रम, अनाथ असहाय, बृद्ध अशक्त ब्यक्तिहरुलाई सहयोग, बालश्रम न्यूनिकरण, अशक्त अपाङ्ग जस्तै धेरै सामाजिक काम अवगत गराउदै यिनै कामको मध्यनजर गर्दै २०७४ साउन १४देखि मैले यस संस्थाको नेतृत्व लिएर आज सम्म आई पुग्दा केही सामाजिक कार्यहरु सँक्षिप्त जानकारी गराउन चाहान्छु ।

२०७४ असार ९ गते सौराहा जेसिस द्धारा आयोजना गरेको मुटु सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागि
२०७४ श्रावण १७ गते अर्पण टेलिभिजनमा सौराहाको पर्यटनज प्रबद्र्धन तपाईको कस्तो भूमिका रहेको छ भन्ने विषयमा अन्तरवार्ता कार्यक्रम सहभागि भइयो ।
२०७४ श्रावण २१ गते रेवान सौराहा द्धारा र.न.पा. वार्ड नं. ७, सिसुवार क्षेत्रको दुर्घटनाग्रस्त ठाउँहरुको सरसफाई कार्यक्रम गरियो ।

 

२०७४ श्रावण २४ गते रेवान सौराहा द्धारा उपयुक्त ठाउँहरुको बृक्षारोपण गर्नको लागि विरुवा वितरण कार्यक्रम गरियो ।
२०७४ श्रावण २१, २२ र २३ गते रेवान सौराहा संस्थाले सौराहामा रहेका ब्यबसायहरुलाई सहज गर्ने उदेश्यले अन्तशुल्क दस्तुर रेवानको कार्यालयमा बुझि राजश्वमा कार्यालयमा बुझाउने ब्यबस्था मिलाइयो ।
सौराहाको पर्यटनज प्रबद्र्धन तपाईको कस्तो भूमिका रहेको छ भन्ने विषयमा अन्तरवार्ता कार्यक्रम सहभागि भइयो २०७४ श्रावण २७ गते मुकुन्दशेन टेलिभिजनमा ।
२०७४ श्रावण २७ गते रत्ननगर उद्योग वाणिज्य संघ द्धारा क्षेत्रिय रेवानका नव निर्वाचित कार्य समितिलाई स्वागत तथा शुभकामना कार्यक्रममा सहभागि हुदै ।
२०७४ भाद्र १ गते वडा नं. ६ को ओदराको बिच टोलमा रहेका ४० घरधुरी बाढी पिडितहरुलाई आर्ट अफ लिभिङ्ग र क्षेत्रिय रेवान सौराहाको सहकार्यमा राशन वितरण गरियो ।
२०७४ श्रावण ३० गते सौराहा आएको बाढीेले घेरिएर रहेका चाईनिज पर्यटकहरुलाई सही गन्तब्यमा पु¥याइ दिन चाइनिज दुताबासको आग्रहलाई स्वीकार गर्दै चाईनिज पर्यटक तथा अन्य देशका पर्यटकहरुलाई पनि सुरक्षित स्थानमा ब्यबस्था मिलाउने कार्यक्रम सम्पन्न गरियो ।
२०७४ भाद्र २ गते सौराहामा रहेका बाढी पिडितहरुलाई रत्ननगर नगरपालिका, सपना भिलेज सोसियल इम्प्याक्ट र क्षेत्रिय रेवान सौराहाकोे सहकार्यमा राहत वितरण गरियो ।
२०७४ भाद्र २ गते रत्ननगर ५ मगरटोलमा रहेका बाढी पिडितहरुलाई रत्ननगर नगरपालिका, सपना भिलेज सोसियल इम्प्याक्ट र क्षेत्रिय रेवान सौराहाकोे सहकार्यमा राहत तथा विद्यालयका विद्यार्थी हरुलाई पोशाक वितरण गरियो ।
२०७४ भाद्र ०६ क्षेत्रिय रेवान सौराहा, सपना भिलेज सोसियल ईम्प्याक्ट र सपना स्कुल द्धारा सौराहा वडा नं. ७ का बाढी पिडितलाई स्टेशनरी सामान स्कुलको ड्रेस र राशन वितरण कार्यक्रम सम्पन्न गरियो ।
२०७४ भाद्र ११ मा रेवान सौराहा द्धारा इलाका प्रहरी टाँडी प्रमुखका रञ्जीतकार ज्यूलाई विदाई र बासुदेब खतिवडा ज्यूलाई स्वागत कार्यक्रम सम्पन्न गरियो ।
२०७४ भाद्र ०६ क्षेत्रिय रेवान सौराहा, सपना भिलेज सोसियल ईम्प्याक्ट, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको सँयुक्त आयोजनामा बाढीको पिडित तथा सौराहा क्षेत्रमा औषधी छर्ने कार्यक्रम सम्पन्न गरियो ।
२०७४ भाद्र १ गते वडा नं. ६ को ओदराको बिच टोलमा रहेका ४० घरधुरी बाढी पिडितहरुलाई आर्ट अफ लिभिङ्ग र क्षेत्रिय रेवान सौराहाको सहकार्यमा राशन वितरण गरियो ।
२०७४ भाद्र १ गते वडा नं. ६ को ओदराको बिच टोलमा रहेका ४० घरधुरी बाढी पिडितहरुलाई आर्ट अफ लिभिङ्ग र क्षेत्रिय रेवान सौराहाको सहकार्यमा राशन वितरण गरियो ।
२०७४ भाद्र १ गते वडा नं. ६ को ओदराको बिच टोलमा रहेका ४० घरधुरी बाढी पिडितहरुलाई आर्ट अफ लिभिङ्ग र क्षेत्रिय रेवान सौराहाको सहकार्यमा राशन वितरण गरियो ।
२०७४ भाद्र १ गते वडा नं. ६ को ओदराको बिच टोलमा रहेका ४० घरधुरी बाढी पिडितहरुलाई आर्ट अफ लिभिङ्ग र क्षेत्रिय रेवान सौराहाको सहकार्यमा राशन वितरण गरियो ।
२०७४ भाद्र १ गते वडा नं. ६ को ओदराको बिच टोलमा रहेका ४० घरधुरी बाढी पिडितहरुलाई आर्ट अफ लिभिङ्ग र क्षेत्रिय रेवान सौराहाको सहकार्यमा राशन वितरण गरियो ।
२०७४ भाद्र १ गते वडा नं. ६ को ओदराको बिच टोलमा रहेका ४० घरधुरी बाढी पिडितहरुलाई आर्ट अफ लिभिङ्ग र क्षेत्रिय रेवान सौराहाको सहकार्यमा राशन वितरण गरियो ।

© 2021 Alfresco Restaurant. All Rights Reserved | Developed by Hello World Corp | नेपालमा बनेको !